National life

बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ पुस २०८१, सोमबार
764Shares
बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी
ncell

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ।

अब अर्को अस्पतालमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहने निर्देशिकामा उल्लेख छ । विभिन्न किसिमका बिरामीको रेफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता प्रकाश बुढाथोकीको भनाई छ ।

निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपुर्‍याउँदा सम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअनुसार प्रथम विन्दुको अस्पतालले त्यहाँ सम्भव नभएको उपचारका लागि मात्र नजिकको अस्पतालमा रेफर गर्नुपर्नेछ ।

साथै, प्रथम विन्दुको स्वास्थ्य संस्थाले बिरामीलाई रेफर गर्नुअघि सम्बन्धित अस्पतालमा सम्पर्क गरेर त्यहाँ उपचार, शैया तथा आवश्यक सेवा भए र नभएको सुनिश्चित गर्दै समन्वय गर्नुपर्नेछ ।

निर्देशिकामा हरेक अस्पताल, पालिका, प्रदेश र राष्ट्रिय स्तरमा रेफरल एकाइ अनिवार्य हुने गरी व्यवस्था मिलाइएको छ । निर्देशिकामा बिरामीका आवश्यक जानकारी साझा हुने भएकाले भइसकेको परीक्षण दोहोर्‍याउनु नपर्ने गरी थप जाँच हुने व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गएको साउन २७ गते कुनै पनि स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा विना कुनै सोधखोज अनिवार्य जीवन रक्षाको उपचार तत्काल शुरू गर्नुपर्ने र सम्भव नभएका उपचार सुरक्षित रेफरको दायित्व सम्बन्धित केन्द्रको हुने व्यवस्था मिलाउने घोषणा गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
764SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?