National life

बीमा क्षेत्रमा ‘नेपाल वित्तीय प्रतिवेदन मान’ कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ माघ २०८०, शनिबार
674Shares
बीमा क्षेत्रमा ‘नेपाल वित्तीय प्रतिवेदन मान’ कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
ncell

काठमाडौ । नेपाल बीमा प्राधिकरणबाट नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था आइक्यानसँगको समन्वयमा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम यही माघ २६ गते काठमाडौंमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान बमोजिम नेपालको बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनका लागि भएका तयारी, आउनसक्ने समस्या र समाधानका उपाय लगायतका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल वित्तीय प्रतिवेदन मान लागू गर्ने प्रतिवद्धता बीमा कम्पनीहरूले व्यक्त गरेको उल्लेख गर्नुहुँदै समस्या पहिचान गरी आआफ्नो भूमिका बर्गीकरण गरी अघि बढेमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न सकिने बताउनुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो,‘नेपाली बीमा बजारको विश्वसनीयता बढाउनका लागि पनि अन्तर्राष्टिय मापदण्ड अनुसार अगाडि बढ्नुर्छ, नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनको तयारीका लागि समय दिइएको छ, अब कुनै व्दिविधा नराखी तोकिएको समयमैं कार्यान्वयनमा जानुपर्छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनमा बीमकहरूलाई सहजीकरण गर्न प्राधिकरण तयार रहेको उल्ल्ेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, ‘नेपाल वित्तीय प्रतिवेदन मानको कार्यान्वयनमा आउने समस्या क्रमिकरूपले समाधान गर्दै जानुपर्छ, क्षमता अभिवृद्धि गर्नुपर्छ, बीमकहरूले लगानीकर्तालाई बुझाउनुपर्छ, एक्च्युरीको अभाव परिपूर्ति गर्न देशका विश्वविद्यालयमा एक्च्युरी विज्ञान अध्ययनको व्यवस्था मिलाउन सम्बद्ध सबैले पहल गर्नुपर्छ ।’

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानका अध्यक्ष सुजन कुमार काफ्लेले नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनका लागि बीमा क्षेत्रमा स्रोत विकास र प्राविधिक क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लेखापरीक्षणमान बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले बीमा क्षेत्रबाट गुणस्तरीय सेवा प्रवाह र गुणस्तरीय प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षण सम्बन्धी क्षमता अभिवृद्धिको आवश्यकता औंल्याउनुभयो ।

लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले तोकिएको समयमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न सँगै मिलेर अघि बढौं भन्नुहुँदै कार्यान्वयनका क्रममा आइपर्ने बाधा व्यवधानको समाधानका लागि प्राविधिक सहयोग गर्न बोर्ड तयार रहेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी गरी बीमकको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम हुनुपर्ने व्यवस्था गरेको र सोही बमोजिम बीमकहरूबाट वित्तीय विवरण तयार भई प्राधिकरणमा पेश हुँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्री र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक राज पौडेलले बीमा क्षेत्र नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट विरोध वाग्लेले बीमकहरूको वित्तीय विवरण, लेखा तथा लेखापरीक्षण सम्बन्धी र आइक्यानका तर्फबाट वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरूण राउतले इन्स्योरेन्स कन्ट्याक्ट एनएफआरएस १७ सम्बन्धी फरक फरक प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डका पदाधिकारी, नेपाल बीमा प्राधिकरणका निर्देशक, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा लेखाप्रमुख र लेखापरीक्षकहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गर्नुभएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?