काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अर्को ब्वास्था नभएसम्मको लागि अध्यक्षको जिम्मेवारी तोकेको हो।
मन्त्रिपरिषद्ले अध्यक्ष ओझालाई पदमुक्त गर्ने प्रयोजनका लागि छानबिन समिति गठन गरेपछि पोखरेलले सो जिम्मेवारी पाएका हुन्।
https://aarthikvoice.com/archives/68501
ओझामाथि फर्जी कागजात पेश गरी बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको विषयमा सर्वोच्च अदालतमा रिट परेको छ । यही विषयमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । यो पृष्ठभूमिमा सरकारले ओझालाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।































