National life

बीमा प्राधिकरणद्धारा मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि लागू ,यस्ता छन् नयाँ व्यबस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
453Shares
बीमा प्राधिकरणद्धारा मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि लागू ,यस्ता छन् नयाँ व्यबस्था
ncell

काठमाडौं। नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि, २०८१ लागू गरेको छ।बीमा क्षेत्रका विवाद समाधान तथा निरुपण गर्नका लागि प्राधिकरणले यस्तो कार्यविधि लागू गरेको हो ।

बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरि प्राधिकरणले मेलमिलाप तथा मध्यस्थताको प्रक्रियाको माध्यमद्वारा विवादको निरुपण गर्ने सम्वन्धमा कार्यविधि व्यवस्था गरेको हो ।

बीमितले बीमा प्राधिकरणमा दर्ता गरेको कुनै उजुरीमा वा बीमक, बीमित वा बीमाका कुनै पक्षले मेलमिलाप वा मध्यस्थताका माध्यमबाट विवादको निरुपण गर्न प्राधिकरणमा निवदेन पेश गनुपर्ने हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
।सो मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि संसोधन गर्दै बीमा प्राधिकरणले नयाँ व्यवस्था ल्याएको हो ।

बीमितले प्राधिकरणमा पेश गरेको निवेदनमा प्राधिकरणको सञ्चालक समिति आफैँले वा मेलमिलाप तथा मध्यस्थता समितिमार्फत यो कार्यविधिबमोजिमको प्रक्रिया पूरा गरी विवादको निरुपण गराउन सकिने व्यवस्था संसोधित कार्यविधिले गरेको छ। यसका लागि प्राधिकरणले मध्यस्थता समिति गठन गनुपर्ने भएको छ ।

समितिमा प्राधिकरणको अध्यक्ष संयोजक रहने छन् । प्राधिकरणका कार्यकारी निर्देशक, कानून तथा नियमन महाशाखा प्रमुख, उजुरी शाखाको प्रमुख सदस्य रहने छन् । अध्यक्षले तोकेको उजुरी शाखाको एकजना अधिकृत पनि सदस्य सचिवको रुपमा रहने छन् ।

कार्यविधिको व्यवस्था अनुसार समितिले कार्य प्रारम्भ गरेको मितिले ६० दिनभित्र विवादको निरुपण गरिसक्नुपर्नेछ ।

 

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/09/66cebd6f6d804_1724824943.pdf"]

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?