काठमाडौं । नेपाल सरकारले बीमा ऐन २०७९ को दफा १४० बमोजिमका बीमा सम्बन्धी अपराध भएमा अब जिल्ला अदालतमा मुद्दा चल्ने भएको छ ।
आज बसेको मन्त्रिरिषद्को बैठकले जिल्ला अदालतलाई यो अधिकार प्रत्योजन गर्ने निर्णय गरेको हो। योसँग अब देशभरका जिल्ला अदालतले बीमा ऐनको दफा १४० बमोजिम कसुर ठहरिने मुद्दाको कारबाही र किनारा लगाउने अधिकार पाएका छन्।
https://aarthikvoice.com/archives/83966
यस सम्बन्धमा हालसम्म बीमा सम्बन्धमा बीमा कम्पनी, बीमित, बीमा कर्मचारी वा सञ्चालकबाट भएका बीमा सम्बन्धी अपराधमा कहाँ चलाउने भन्ने स्पष्ट व्यवस्था थिएन ।
बीमा ऐन २०७९ को दफा १४० मा रहेको निम्न अपराधहरुको मुद्दा जिल्ला अदालतमा चल्नेछ ।



































