National life

बुधवारदेखि घटस्थापनासम्मै वर्षाको सम्भावना छ: मौसम पूर्वानुमान महाशाखा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
547Shares
बुधवारदेखि घटस्थापनासम्मै वर्षाको सम्भावना छ: मौसम पूर्वानुमान महाशाखा
ncell

काठमाडौँ । गत शुक्रवार र शनिवारका दिन परेको अविरल वर्षापछि अहिले देशभर नै सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा सामान्य वर्षा भए पनि अन्यत्र भने सफा नै रहेको महाशाले जनाएको छ ।

भोली अर्थात् बुधवार कोशी, बाग्मती, गण्डकी प्रदेशका थोरै ठाउँमा  हल्कादेखि मध्यम वर्षा देखिएको महाशाखाले जनाएको छ। साथै बाँकी प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा हुने महाशाको बुलेटिनमा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भोलि राती कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का सामान्य वर्षा हुने र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाइएको छ।

बिहीबार पनि सबै प्रदेशका केही ठाउँमा सामान्य वर्षा हुने र कोशी प्रदेशका एक दुई  स्थानहरूमा भारी वर्षा हुने जनाइएको छ। सामान्यतया घटस्थापनासम्म सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेपनी त्यसपश्चात् मौसममा क्रमिक सुधार आउने  मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?