National life

बैंकहरूले जेठ महिनालाई घटाए ब्याजदर,हेर्नुस् कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ वैशाख २०८१, सोमबार
635Shares
बैंकहरूले जेठ महिनालाई घटाए ब्याजदर,हेर्नुस् कुनको कति ?
ncell

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन्। सोही व्याजदर अुनसार वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको हो।

वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा हुन आएको तथ्यांकमा देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सार्वजनिक सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दर कायम गर्दा लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दर कायम राखेको अवस्था छ।

यता ९ बैंकले ब्याजदर घटाएको देखिन्छ । व्याजदर घटाउनेमा एभरेस्ट, नबिल, सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंक रहेका छन्। ३ बैंक ग्लोबल आईएमई, एनआईसी एसिया र प्रभु बैंकले भने ब्याजदर बढाएको अवस्था छ।

जेठ महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज एनआईसी एसिया र एनएमबी बैंकले ७.८ प्रतिशत तोक्दा व्यक्तिगत मुद्दती निक्षेपमा कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने देखिन्छ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको देखिन्छ। साथै, बैंकहरुले गत साउनदेखि भद्र सहमति खारेज गर्दै आफ्नो रणनीति अनुसार ब्याजदर प्रकाशित गर्दै आएको अवस्था छ।

यस्तो छ बैंकहरुले व्यक्तिगत मुद्दती खातामा तोकिएको व्याजदरको अवस्था










































































































बैंकको नाम
 वैशाख महिनामा
जेठ महिनामा
एभरेस्ट६.५
लक्ष्मी सनराइज
नबिल७.२५६.७५
नेपाल६.७५६.७५
इन्भेस्टमेन्ट मेगा
प्रभु७.५
सानिमा७.१६.९
सिद्धार्थ७.२५
स्टान्डर्ड चार्टर्ड
एनएमबी७.९७७.८
एनआईसी एसिया७.७५७.८
हिमालयन७.५७.५
ग्लोबल आईएमई७.५
कुमारी७.२६७.२६
माछापुच्छ्रे७.२५७.२५
सिटिजन्स बैंक७.५
प्राइम७.१
राष्ट्रिय वाणिज्य६.५५६.४
एसबीआई६.५३६.३९







यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?