National life

बैंकिङ्ग प्रणालीको निक्षेप हालसम्मकै उच्च बिन्दुमा, एक दिनमै २ अर्ब रुपैयाँले थपियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असार २०८२, बुधबार
473Shares
बैंकिङ्ग प्रणालीको निक्षेप हालसम्मकै उच्च बिन्दुमा, एक दिनमै २ अर्ब रुपैयाँले थपियो
ncell

काठमाडौँ । बैंकिङ्ग प्रणालीको निक्षेप हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ७० खर्ब नाघेको छ। गत आइत (असार १ गते) सम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूद्वारा संकलित निक्षेप (डिपोजिट) ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो एक दिनमा मात्रै बैंकिङ प्रणालीमा २ अर्ब रुपैयाँले निक्षेप थपिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जेठ ३१ गतेसम्म ६९ खर्ब ९८ अर्ब निक्षेप रहेकोमा असार १ गते ७० खर्ब १ अर्ब पुगेका हो। त्यस्तै, बैंकहरुको कर्जा लगानी समीक्षा अवधिमा ४ अर्बले विस्तार भएको छ। असार १ गतेसम्म बैंकहरुले ५५ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुको निक्षेप ६२ खर्ब ६२ अर्ब तथा अन्य वित्तीय संस्थाहरूको निक्षेप ७ खर्ब ४० अर्ब पुगेको राष्ट्रबैंकले जनाएको छ। तर, वित्तीय प्रणालीमा निक्षेपको तुलनामा कर्जा भने विस्तार हुन सकेको छैन ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर हाल बैंकहरूले ७८.४० प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन् । यसलाई हेर्दा बैंकहरुसँग ७ खर्ब ३२ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?