National life

भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाका सुरक्षा गार्ड पराजुली नगद सहित सम्मान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० चैत २०८१, बुधबार
430Shares
भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाका सुरक्षा गार्ड पराजुली नगद सहित सम्मान
ncell

काठमाडौं । भाटभटेनी सुपरमार्केटले कोटेश्वर शाखाका सुरक्षागार्डलाई पुरस्कृत गरेको छ। काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि सुपरमार्केटमा लुटपाट गर्न आएकाहरूलाई प्रतिकार गरेको भन्दै सुरक्षागार्डहरूलाई बुधबार पुरस्कृत गरेको हो।

भाटभटेनीका संचालक मीनबहादुर गुरूङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा प्रदान गरेका थिए। पराजुलीले त्यसदिन गरेको प्रतिकारको भिडिओले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

Royal Enfield
nic asia capital

त्यस्तै अन्य सुरक्षागार्डहरूलाई पनि भाटभटेनीले नगद पुरस्कार दिएको छ। उक्त भाटभटेनीमा लुटपाट गर्नेहरू ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
430SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?