National life

भारी वर्षासँगै आएको पहिरोका कारण यी सढकहरू छन् अवरुद्ध (सूचीसहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
813Shares
भारी वर्षासँगै आएको पहिरोका कारण यी सढकहरू छन् अवरुद्ध (सूचीसहित)
ncell

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपाल नजिक अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशभरका १२ सडकहरू अवरुद्ध रहेका छन् । पाँचथरको तमोर करीडोर बाढीका कारण अवरुद्ध रहेको छ ।

मदन भण्डारी राजमार्गको उदयपुर खण्ड पहिरोका कारण अवरुद्ध रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पासाङ ल्हामु राजमार्गको बेत्रावती कालिकास्थान सडक खण्ड पनि अवरुद्ध भएको छ ।

त्यस्तै मकवानपुरमा कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खण्ड पहिरोले अवरुद्ध भएकाे छ । पृथ्वी लोकमार्गको धादिङ खण्ड पहिरोकै कारण अवरूद्द छ ।

त्यस्तै म्याग्दीमा बेनी जोमसोम सडकखण्डमा पहिरो आउँदा बाटो अवरुद्ध भएको छ भने पृथ्वी राजमार्गकाे तनहुँ खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ । बेनी जोमसोम सडकको मुस्ताङमा पहिरो गएको छ भने पहिरोकै कारण बेशीँसहर मनाङ सडक खण्ड अवरुद्ध रहेको छ ।

अविरल वर्षापछि आएको पहिरोले रोल्पाको थवाङ घोराही सडक खण्ड अवरुद्ध भएको छ, भने सुर्खेत दैलेख सडक खण्ड पनि एकतर्फ मात्र सञ्चालनमा आएको छ । कैलालीको भीमदत्त राजमार्ग भने पहिरोले पूर्ण अवरुद्ध रहेको छ ।

roaf

 

यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?