National life

भोलीदेखि नेपाल शिक्षक महासंघको अनिश्चितकालीन सडक आन्दोलन घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ चैत २०८१, मङ्गलबार
715Shares
भोलीदेखि नेपाल शिक्षक महासंघको अनिश्चितकालीन सडक आन्दोलन घोषणा
ncell

काठमाडौं । नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि अनिश्चितकालीन सडक आन्दोलन घोषणा गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो।

माघ २० गतेबाट आन्दोलन गर्दै आएको महासंघले पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रमहरू सम्पन्न गरिसकेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको भनाई छ। पहिलो चरण अन्तर्गतको अन्तिम कार्यक्रमको रूपमा गत फागुन २४ काठमाडौंमा वृहत् सडक आन्दोलन सभा सम्पन्न भएको महासंघको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘दोस्रो चरण अन्तर्गत २०८१ फागुन २७ गतेबाट २०८१ चैत्र ५ गतेसम्म राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा धर्ना गरियो भने चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन सम्पन्न भयो, दोस्रो चरणको अन्तिम र निर्णायक कार्यक्रमको रूपमा २०८१ चैत्र २० गतेबाट ‘काठमाडौं जाऔं अभियान’ अघि बढाइएको छ, यस अन्तर्गत देशभरका सबै शिक्षक कर्मचारीको सहभागितामा अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन अघि बढाइने भएको अध्यक्ष सुवेदीको भनाई छ ।

स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी रकरार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चली रहने महासंघले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?