National life

भ्रष्टाचारविरुद्धको लडाइँ रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ भदौ २०८०, बिहिबार
530Shares
भ्रष्टाचारविरुद्धको लडाइँ रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड
ncell

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको र यसमा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको बताउँदै याे नरोकिने पनि बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीहरुले चनाखो र अझ ठूलो मोर्चा बनाउनुपर्ने बताए । कम्युनिस्ट आन्दोलनलगायतका विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको भन्दै उनले समाजवादी मोर्चा बनाउँदा अरूभन्दा आफू बढी खुसी भएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री प्रचण्डले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गर्दै आफूहरु एक ठाउँमै रहेर अघि बढ्न नसकेको प्रति चिन्तासमेत व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाले थप उत्साहित भएको बताए । उनले भने, 'यो मोर्चा एक ठाउँमा भएर लड्दा भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासनको लडाइँ सफल हुन्छ । अहिले धारे हात लगाएर हेरिरहेका छन् । उनीहरु नक्कली कम्युनिस्ट हुन् ।'

प्रधानमन्त्री प्रचण्डले परिवर्तनको पक्षमा अग्रसर हुनु आफ्नो प्रमुख लक्ष्य रहेको बताए । उनले भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा माओवादीकै र स्वयं प्रचण्डकै त्यस्तो विषय आएपनि नछोड्न भनिएको बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?