National life

मर्जरपछि साधारण सभाकालागि व्यालेन्सिट स्विकृत गर्ने पहिलो कम्पनी बन्यो सुर्यज्योती लाइफ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
803Shares
मर्जरपछि साधारण सभाकालागि व्यालेन्सिट स्विकृत गर्ने पहिलो कम्पनी बन्यो सुर्यज्योती लाइफ
ncell

काठमाडौं । मर्जरपछि साधारण सभा सम्पन्न गर्ने प्रकृयामा सुर्यज्योती लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । मर्जर प्रकृयामा सहभागी भएका र नभएका अन्य बीमा कम्पनीहरुको तुलनामा सुर्यज्योती अग्रस्थानमा देखिएको हो ।

कुनै पनि बीमा कम्पनीहरुले आफनो साधारण सभा गराउँनु पूर्व नेपाल बीमा प्राधिकरणमा आफ्नो व्यालेन्सिट स्विकृत गराउँनु पर्छ । त्यसरी व्यालेन्सिट स्विकृत गराउँन सबै निर्जीवन बीमा कम्पनीहरु सफल भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, आफ्नो पुरानो हिसाब किताब नमिलेको कारण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले भने आर्थिक वर्ष २०७३।७४ देखिको आफ्नो व्यालेन्सिट स्विकृत गराएको छैन ।

जीवन बीमा कम्पनी

यता जीवन बीमा कम्पनीकहरुतर्फ ७ वटा बीमा कम्पनीहरुले आफ्नो व्यालेन्सिट स्विकृत गराउँन बाँकी छ भने बाँकी ७ वटाले भने स्विकृत गराइसकेका छन् । व्यालेन्सिट स्विकृत गराउँन बाँकी रहेको जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ, एलआईसी, नेशनल लाइफ, हिमालयन लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनी तत्कालिन बीमा संस्थानको आर्थिक वर्ष ७०।७१ देखि नै व्यालेन्सिट स्विकृत गर्न बाँकी रहेको अवस्था छ । मर्जरमा गएका बाँकी १३ वटा बीमा कम्पनीहरुको मर्जर अघिकै व्यालेन्सिट स्विकृतीको प्रकृयामा रहदा यता सूर्यज्योती लाइफ एक्लैले भने साधारण सभाकालागि सम्पूर्ण बाटो खुला गरेको अवस्था छ ।

कुनै पनि कम्पनीले समयमा व्यालेन्सिट स्विकृत नगर्दा उनीहरुलाई साधारण सभा गर्न ढिलाई हुने देखिन्छ । त्यसरी सभा बस्न ढिला गर्दा सबै भन्दा ठूलो नोक्सानी सम्बन्धित बीमा कम्पनीले नै व्यहोर्नु पर्ने भएकाले सक्दो छिटो साधारण सभा सम्पन्न गर्न आफूहरुले पनि पहल गर्दै आएको नेपाल बीमा प्राधिकरणले बताएको छ । यता बीमा कम्पनीहरुले पनि आफूहरु साधारण सभाको प्रकृयामा रहेको र अन्तिम व्यालेन्सिट स्विकृतीका लागि अन्तिम तयारी भइरहेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
803SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?