National life

महाकुम्भ मेलामा मृत्यु हुनेको संख्या १५ कट्यो, अफवाह नफैलाउन सरकारको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ माघ २०८१, बुधबार
657Shares
महाकुम्भ मेलामा मृत्यु हुनेको संख्या १५ कट्यो, अफवाह नफैलाउन सरकारको आग्रह
ncell

काठमाडौँ । भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा भाग दौड मच्चिदा १५ जनाको मृत्यु भएको छ। बुधवार राति करिब डेढ बजे भएको घटनामा उक्त सङ्ख्यामा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भाग दौडमा परी धेरै मानिस घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन गरी अवस्थाको जानकारी लिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मुख्यमन्त्री कार्यालयले भने कुनै अफवाहमा नफस्न अपिल गरेको छ।  उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘प्रशासनको निर्देशन पालना गर्नुहोस्। कुनै पनि अफवाहमा ध्यान नदिनुहोस्। श्रद्धालुहरू जहाँ हुनुहुन्छ, त्यही घाटमा स्नान गर्नुहोस्।’

औँसीका अवसरमा मंगलबार रातिदेखि अमृत स्नान चलिरहेको थियो। सोही क्रममा घटना भएको समाचारमा उल्लेख छ। अचानक भीडले अवरोध तोड्दै घाटमा बसेका मानिसलाई कुल्चिएको प्रत्यक्षदर्शीहरूको भनाई छ । संगममा भाग दौडजस्तो स्थिति सिर्जना हुँदा धेरै व्यक्ति विशेष गरी महिला तथा बालबालिका घाइते भएका थिए। परिवारका सदस्यहरू हराइरहेका आफन्तहरूको खोजीमा अस्थायी अस्पतालबाहिर लाइनमा उभिएका छन्।

घटनाको वास्तविक कारण के थियो र कति जना घाइते भए भन्ने तत्काल स्पष्ट भएको छैन। छ हप्तासम्म चल्ने यस महाकुम्भ महोत्सवअन्तर्गत बुधवार पवित्र दिन हो। जसमा अधिकारीहरूले १० करोडभन्दा बढी भक्तजनले गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने अपेक्षा गरेका थिए। उत्तर प्रदेश सरकारको अनुमानअनुसार मौनी अमावस्याको अघिल्लो दिन झण्डै ५ करोड भक्तजनले मेलामा स्नान गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
657SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?