National life

महासंघ निर्वाचन: एसोसिएट समूहमा सचिन ढकाल ‘म्यान अफ द इलेक्शन’

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.8kShares
महासंघ निर्वाचन: एसोसिएट समूहमा सचिन ढकाल ‘म्यान अफ द इलेक्शन’
ncell

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनअन्तर्गत एसोसिएटतर्फ कार्यसमिति सदस्य पदमा सचिन ढकाल सर्वाधिक मतसहित विजयी भएका छन्। उनले १३१८ मत प्राप्त गर्दै उक्त समूहमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार बनेका हुन्।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार एसोसिएट समूहबाट कुल १७ जना कार्यसमिति सदस्य चयन भएका छन्। यस समूहमा हेमन्त गोल्छा ले १२०२ मत, अम्बिका प्रसाद पौडेल ले ११८३ मत, उज्ज्वल कुमार श्रेष्ठ ले ११५६ मत र शक्ति कुमार बेगानी ले ११४२ मत प्राप्त गर्दै विजयी भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी ऋषि अग्रवाल (११२२ मत), सुशील थापा (१०९४ मत), रामशरण भण्डारी (१०४३ मत) र राजेश कुमार अग्रवाल (१०८२ मत) पनि निर्वाचित भएका छन्।

अन्य विजयी उम्मेदवारहरूमा सुयस प्याकुरेल (१०६९ मत), बाबुकाजी कार्की (१००६ मत), दिवश न्यौपाने (९९१ मत), कृष्ण लाल महर्जन (९७४ मत), प्रियराज रेग्मी (९५४ मत), इश्वर बहादुर जीसी (९४९ मत), सुरज उप्रेती (९०७ मत) र बटु लामिछाने (८६० मत) रहेका छन्।

करिब १८०० भन्दा बढी मतभार रहेको एसोसिएट समूहमा ८६० भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरू निर्वाचित भएका हुन्।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?