National life

माग कमी भएसँगै अण्डाको मूल्यमा गिरावट : प्रतिक्रेट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२२ पुस २०८२, मङ्गलबार
1.2kShares
माग कमी भएसँगै अण्डाको मूल्यमा गिरावट : प्रतिक्रेट कति ?
ncell

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाउने निर्णय गरेको छ । संघले देशभरका फार्महरूबाट प्राप्त दररेटलाई एकीकृत गर्दै आजदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार फार्ममा ठूला अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँ कायम गरिएको छ। यस्तै, मिडियम अण्डाको मूल्य पनि ५५० रुपैयाँबाट घटाएर ४६० रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मूल्य घटेसँगै उपभोक्ता तहमा प्रतिगोटा अण्डाको मूल्य २५ रुपैयाँबाट घटाएर २० रुपैयाँ तोकिएको छ ।

संघका अनुसार ठूला कुखुरा फार्महरूबाट प्राप्त दररेटका आधारमा अण्डाको समर्थन मूल्य निर्धारण गरिएको हो । जाडो मौसमका कारण उपत्यका तथा हिमाली भेगमा विद्यालय बन्द हुनु, समग्र आर्थिक तथा सामाजिक गतिविधि सुस्त हुनु, पर्यटक आगमनमा कमी आउनु तथा कुखुरा बिक्री नहुँदा अण्डा उत्पादन बढ्नुजस्ता कारणले अण्डाको खपत घट्दै गएको छ । यही कारण मूल्य समायोजन गर्नुपरेको संघको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?