National life

माग घटेसँगै अण्डाको मूल्यमा गिरावट : नयाँ समर्थन मूल्य सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२९ फागुन २०८२, शुक्रबार
1.1kShares
माग घटेसँगै अण्डाको मूल्यमा गिरावट : नयाँ समर्थन मूल्य सार्वजनिक
ncell

काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै बजारमा अण्डाको मूल्य घट्न थालेको छ। माग घटेपछि कुखुरापालकहरूले अण्डाको समर्थन मूल्य घटाउँदै नयाँ दर सार्वजनिक गरेका हुन्।

नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको जनाएको छ। संघका अनुसार प्रति क्रेट अण्डाको मूल्यमा अधिकतम ४० रुपैयाँसम्म कमी गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ मूल्यअनुसार एक्स–एल (XL) अण्डाको समर्थन मूल्य प्रति क्रेट ४५५ रुपैयाँ कायम गरिएको छ। यसअघि यो अण्डाको मूल्य ४९५ रुपैयाँ थियो। त्यसैगरी ठूलो अण्डाको मूल्य प्रति क्रेट ४७५ रुपैयाँबाट घटाएर ४४० रुपैयाँ तोकिएको छ भने मध्यम अण्डाको मूल्य ४४५ रुपैयाँबाट घटेर ४१० रुपैयाँ कायम गरिएको छ। यसरी ठूलो र मध्यम आकारका अण्डामा प्रति क्रेट ३५ रुपैयाँले मूल्य घटाइएको संघले जनाएको छ।

संघका अनुसार निर्वाचनको समयमा बजारमा अण्डाको माग उल्लेख्य रूपमा बढेपछि मूल्य पनि बढेको थियो। तर चुनाव सम्पन्न भएसँगै खपत घट्न थालेपछि मूल्य समायोजन गर्नुपरेको बताइएको छ। हाल नेपालमा दैनिक ५० लाख गोटाभन्दा बढी अण्डा उत्पादन भइरहेको अनुमान गरिएको छ। उत्पादनको तुलनामा बजारमा खपत घट्दा मूल्यमा दबाब परेको कुखुरापालकहरू बताउँछन्।

संघले बजारको वास्तविक अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ, पोखरा, धनगढी, झापा लगायतका प्रमुख सहरहरूमा देखिएको माग–आपूर्तिको अवस्थाको विश्लेषणपछि नयाँ समर्थन मूल्य निर्धारण गरिएको जनाएको छ। उत्पादन पर्याप्त भए पनि माग घट्दा मूल्यमा उतारचढाव देखिनु स्वाभाविक भएको भन्दै संघले आगामी दिनमा बजारको अवस्थाअनुसार आवश्यक समायोजन गर्दै जाने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?