काठमाडौं । पछिल्लो समय अण्डाको मूल्य निरन्तर रूपमा बढ्न थालेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले भोली बिहीबारबाट लागू हुने गरी अण्डाको मूल्य बढाएको जनाएको छ ।
जस अनुसार अब फार्मबाट होलसेल मूल्य प्रति क्रेट ठुलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ प्रति क्रेट र सानो अण्डा ३ हजार रुपैयाँ प्रति पेटी निर्धारण गरिएको छ । उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रति गोटा २३ रुपैयाँ २ गोटाको ४५ रुपैयाँ तोकिएको छ ।
बजारमा यसअघि प्रति क्रेट ठुलो अण्डा ५३० रुपैयाँ तोकेको थियो। यस्तै मिडियम अण्डाको मूल्य ५१५ रुपैयाँ प्रतिक्रेट तोकिएको थियो । सङ्घले चितवनबाट लोड भई देशभरिका अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ थप लाग्ने जानकारी गराएको छ ।






























