National life

माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्दै क्रेष्ट माइक्रो लाइफ , प्रतिकित्ता मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ माघ २०८१, सोमबार
640Shares
माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्दै क्रेष्ट माइक्रो लाइफ , प्रतिकित्ता मूल्य कति ?
ncell

काठमाडौँ। क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।

जसमध्ये १० प्रतिशत अर्थात्, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरेको थियो । २०८० जेठ ८ मा नेपाल बिमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृति प्राप्त गरेको  थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० जेठ १० मा कारोवारको स्वीकृति प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरूपमा स्थापना भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?