National life

मिर्मिरे लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ असोज २०८०, बिहिबार
884Shares
मिर्मिरे लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने
ncell

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असोज २५ गते) देखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।

लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो शेयरका लागि लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि कात्तिक ९ गतेसम्म लम्बिनेछ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

मिर्मिरे लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ बमोजिम २०६६ पुस २ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो। लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७६ असोज ७ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृती प्राप्त गरी ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा २०६७ असोज २५ गतेदेखि आफ्नो वित्तीय कारोबार सञ्चालन गर्दै आइरहेको छ।

लघुवित्तको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वडा नं. ८, काभ्रेपलाञ्चोकमा रहेको छ। राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस लघुवित्तको नेपालभरी ७७ वटै जिल्लामा शाखा कार्यालयहरु छन्। गत असार मसान्तसम्ममा लघुवित्तको एक केन्द्रिय कार्यालय, ७ प्रादेशिक कार्यालय, ५ उप–प्रदेशिक कार्यालयसहित १५० वटा शाखा कार्यालयहरु रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?