National life

मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी रास्वपाबाट हटाइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ भदौ २०८१, मङ्गलबार
626Shares
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी रास्वपाबाट हटाइयो
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

रास्वपाको केन्द्रीय समितिको आज बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो । यस अगाडि ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।

ढकालले दुवै पटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित आफूले गर्न सक्ने पत्र रास्वपालाई ढकालले पठाएका थिए ।

२५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिन भित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुनरावेदन गरेनन् । आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?