National life

मुक्तिनाथ विकास बैंकद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० पुस २०८०, शुक्रबार
483Shares
मुक्तिनाथ विकास बैंकद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १७औं वर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा। महाबीर पुन द्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्र लाई ग्रिन इनर्जी, वातवरण संरक्षण तथा प्लास्टिक रिसाईकलको लागि ५ लाखको आर्थिक सहयोगका गरेको छ ।

यसै गरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रिय कार्यालयमा संचालित बृहत रक्तदान कार्यक्रम मार्फत १६६ युनिट रगत संकलन गरेको छ ।

Royal Enfield
nic asia capital

बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरु मार्फत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, दृष्टिविहिन नागरिकहरुलाई सेतो छडी वितरण, अनाथलय, बाल आस्रम तथा बृद्धा आस्राममा विभिन्न सामाग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरता जस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु संचालन गरेको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्थमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

बैंकले बृहत रक्तदान, विभिन्न सामाजिक कार्यहरु र बैंकमा १० वर्ष भन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?