National life

मुख्यमन्त्री पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत पाउने आश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
835Shares
मुख्यमन्त्री पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत पाउने आश
ncell

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री पाण्डेले आज अपरान्ह ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, कांग्रेससँग २७ सिटमात्रै छ। कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भएपनि बहुमत पुग्ने देखिदैन्।

गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद रहेका छन्। गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत पाउने आश गरेका छन्। विश्वासको मत प्राप्त गर्ने अवस्था देखिए राप्रपा पनि सकारात्मक देखिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई औपचारिक पत्र पठाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत दिन आग्रह गरेका छन्।

नेपाल समाजवादीका नेता समेत रहेका गोरखाका प्रदेश सांसद फडिन्द्र देवकोटाले विश्वासको मत दिने मुख्यमन्त्री पाण्डेको आश छ। उनले माओवादीको चुनाव चिन्ह लिएर चुनाव जितेका छन्। मुखेयमन्त्री पाण्डेले एमालेलाई विश्वासको मत दिन आग्रह गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
835SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?