National life

मेलम्चीको पानी दुई सिफ्टमा काम गराएर २८ दिनमा काठमाडौँमा झर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
660Shares
मेलम्चीको पानी दुई सिफ्टमा काम गराएर २८ दिनमा काठमाडौँमा झर्ने
ncell

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले २८ दिनमा काम सम्पन्न गर्ने र मेलम्चीको पानी काठमाडौँमा झर्ने बताएको छ। सरकार र निर्माण कम्पनीले लापरबाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै काठमाडौँवासी आन्दोलित बनेपछि मेलम्ची खानेपानी विकास समितिले २८ दिनको भाका मागेको हो ।

विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले एक विज्ञप्ति जारी गर्दै अब दुई सिफ्टमा काम गराएर २८ दिनमा काम सम्पन्न गर्ने र मेलम्चीको पानी काठमाडौँमा झर्ने बताएका छन् ।

वर्षामा आएको बाढीका कारण गएको ८ असारदेखि मेलम्चीको पानी काठमाडौँ झरेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मर्मत र सरसफाईका लागि कामको जिम्मा पाएको निर्माण कम्पनीले अहिलेसम्म काम समेत अघि बढाएको छैन ।

त्यही कारण काठमाडौँका स्थानीय बासीले आन्दोलन थालेपछि आयोजनाले २८ दिनमा काम सम्पन्न गर्ने र त्यसपछि काठमाडौँमा पानी आउने प्रतिबद्धता जनाएको हो ।

प्रवक्ता पन्तले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको विकास समितिको बोर्ड बैठकले निर्माण व्यवसायीसँग समझदारी बनाएको र हस्ताक्षर समेत गरिसकेको भन्दै अब २८ दिनमा आयोजनाको तत्कालै गर्नुपर्ने काम सम्पन्न हुने र पानी आउने बताए ।

‘तत्काल निर्माण व्यवसायीलाई साइडमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको छ । निर्माण व्यवसायी सिनोहाइड्रो मार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको छ,’ उनले भने, ‘सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार जनशक्ति परिचालन गरी पानी पथान्तरणको काम हुनेछ ।’

पथान्तरणपछि मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध हुने समितिले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?