National life

यस्तो छ २० वाणिज्य बैंकहरुको वित्तीय अवस्था,नेपाल बैंकको नाफा सर्वाधिक कम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
655Shares
यस्तो छ २० वाणिज्य बैंकहरुको वित्तीय अवस्था,नेपाल बैंकको नाफा सर्वाधिक कम
ncell

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात गत चैत मसान्तसम्मको वित्तिय अवस्था वाणिज्य बैंकहरुले प्रकाशन गरेका छन्। सोही प्रकाशित वित्तीय विवरण अनुसार ७ बैंकले आफ्नो नाफा बढाउँन सफल भएका हुन् ।

पोहोर सालको चैत मसान्तसम्म जम्मा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरुले अहिले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ मात्र कमाएको देखिन्छ।

सो अवधिमा १३ बैंकहरुको नाफा घट्दा ७ बैंकहरु भने वृद्धि भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसपालि नाफा कमाउँने शिर्ष स्थानमा कृषि विकास बैंक रहदा बैंकको खुद नाफा समीक्षा अवधिमा ९७.२२ प्रतिशत बढेको हो। पोहोर साल बैंकले एक अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको थियो भने यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।

यता, लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, साथै, एभरेष्ट बैंकले नाफा आर्जन गरेका छन् ।

नेपाल बैंकको नाफा सर्वाधिक कम

नाफा घटेका १७ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नेपाल बैंकको नाफामा अधिकतम गिरावट आएको छ ।बैंकको नाफा ९२.६८ प्रतिशत घटेको हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा एक अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको नेपाल बैंकले यस बैंकले चालु आर्थिक वर्षको समिक्षा अवधिमा १३ करोड ५ लाख मात्र नाफा कमाएको देखिन्छ।

त्यस्तै, सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक रहेको छ । नबिल बैंकले चार अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको हो । सबैभन्दा कम नाफा कमाउने बैंक भने नेपाल बैंक रहेको प्रकाशित वित्तीय विवरणमा देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?