काठमाडौं। २०८१ सालको को एसईई परीक्षा चैत ६ गतेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।
परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको २०८१-८२ को क्यालेन्डरअनुसार २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गरिने जनाएको छ । बोर्डले नयाँ क्यालेन्डर असार १ गतेबाट सार्वजनिक गर्ने तयारी गरेको छ ।
क्यालेन्डर निकाल्दा विद्यालय, शिक्षक, विद्यार्थीलाई अध्ययनर अध्यापन,तयारी गर्न सहज हुने भएकाले समय तोकेर क्यालेन्डर सार्वजनिक गर्ने निर्णय गरेको बोर्डको भनाई छ ।
बोर्डले परीक्षा सुरु हुने मिति तोक्नुको साथै तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्मा भन्छन् ‘अहिले नै परीक्षा यति गतेदेखि सुरु गर्ने भनेपछि पठनपाठन गर्न, परीक्षाको तयारी गर्न सबैलाई सहज हुन्छ ।’

































