National life

यस वर्षको दशैंमा उपत्यका भित्र १ अर्ब ५ करोड मूल्य बराबरको खसिबोका भित्र्याइँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
484Shares
यस वर्षको दशैंमा उपत्यका भित्र १ अर्ब ५ करोड मूल्य बराबरको खसिबोका भित्र्याइँदै
ncell

काठमाडौं । यस वर्षको दशैंलाई लक्षित गर्दै उपत्यकामा करिब ६० हजार गोटा खसीबोका भित्र्याइने तयारी गरिएको छ। नेपाल व्यवसायिक बाख्रापालक महासंघका अनुसार यस परिमाणको खसीबोकाको मूल्य करिब १ अर्ब ५ करोड रुपैयाँबराबर हुने छ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुख्य सडक अवरुद्ध र राजनीतिक अस्थिरता देखाउँदै खसीबोका र च्याङग्रा बिक्री नगर्ने निर्णय गरेपछि निजी संघ–संस्थाले बजार आपूर्ति सम्हाल्ने भएका हुन्। विभिन्न जिल्लाबाट संकलन गरिएको खसीबोका हालै खुला भएका सडकमार्गबाट उपत्यकामा ल्याइँदैछ।

Royal Enfield
nic asia capital

उपत्यकामा ल्याइने खसीबोकामध्ये खरी क्रस, जमुनापारी क्रस, सिरोही क्रस, बेयर क्रस र प्योर खरी जात प्रमुख हुने जनाइएको छ। रोल्पा, रुकुम, दैलेख, सिन्धुली, नेपालगञ्ज, मकवानपुर, प्युठान, बर्दिया, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, सुर्खेत, तनहुँ, चितवन, बारा, पर्सालगायतका जिल्लाबाट खसीबोका ल्याउने व्यवस्था मिलाइएको छ।

उपत्यकामा आउने खसीबोकाको औसत तौल ३५–४० किलो हुने र बिक्री मूल्य गत वर्षकै स्तरमा कायम गरिने छ। जिउँदो खसीबोका प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री हुने बताइएको छ। दशैं अवधिभर कलंकी, जाउलाखेल, सातदोवाटो, भृकुटीमण्डप, कोटेश्वर, गौशाला, भक्तपुर, लोकन्थली, बालाजु, लगनखेल, धापाखेल, चन्द्रागिरी, चावहिल लगायतका स्थानमा खसीबजार सञ्चालन गरिने छ।

यससँगै करिब १२ हजार च्याङग्रा पनि उपत्यकामा ल्याइने तयारी छ। च्याङग्रा प्रतिकिलो १ हजार २५० रुपैयाँमा बिक्री हुने जनाइएको छ। तर बजारमा अवैध आयातका कारण स्वदेशी किसान प्रभावित भएको पाइन्छ। सीमा क्षेत्रका विभिन्न नाकाबाट भन्सार छली खसीबोका भित्र्याउँदा नेपाली खसीबोकाले बजार गुमाउने समस्या देखिएको छ।

पशु सेवा विभागका तथ्यांकअनुसार दशैं अवधिमा उपत्यकामा सामान्य समयको तुलनामा आठ गुणा बढी मासु उपभोग हुन्छ। साधारण अवस्थामा दैनिक करिब १२ सय गोटा खसीबोका खपत भए पनि दशैंमा सात दिनभित्रै ५०–६० हजार गोटाको कारोबार हुने गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?