National life

यी दुई इन्सोरेन्स कम्पनीको शेयरमा आवेदन दिने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
1.1kShares
यी दुई इन्सोरेन्स कम्पनीको शेयरमा आवेदन दिने आज अन्तिम मौका
ncell

काठमाडौँ। आज जेठ १४ गते बुधवारका दिन प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १६ गते बुक क्लोज गर्दैछ ।

भोली जेठ १५ गते गणतन्त्र दिवसका कारण सरकारले सार्वजनिक बिदा दिएको छ। यस दिन सेयर कारोबार पनि बन्द हुन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तसर्थ, आज जेठ १४ गते बुधवारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

गत वर्षको नाफाबाट यस कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा जेठ २६ गते बस्नेछ ।

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आम्रपाली बेंक्वेट, भाटभटेनी काठमाडौँमा बिहान ११ बजेका बोलाइएको छ । त्यस्तै, एसियन लाइफ इन्सुरेन्सको ४२ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मिति रहेको छ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्दैछ । भोली जेठ सार्वजनिक बिदा भएको कारण आजसम्म कायम रहने शेयर धनीहरूले मात्र यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यस आधारमा अर्ब १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको सेयर जारी हुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?