National life

युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भ,टप फाइभमा छिटै पर्ने संकल्प

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१४ जेठ २०८०, आइतबार
1KShares
युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भ,टप फाइभमा छिटै पर्ने संकल्प
ncell

काठमाडौं । युनाईटेड इन्स्यारेन्स र अजोड इन्स्योरेन्सले आज बाट एकीकृत कारोवार सुरु गरेका छन्।

दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको हो ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले मर्जरपछिको कम्पनीमा सिनर्जी ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न सुझाव दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको क्षमता बढाउन क्यापिटल प्लान ल्याइएको र उक्त पूँजी पुर्याउन सके बोनस शेयर दिएर नसके मर्जर गरेर पुर्याउनु पर्ने प्राधिकरणको निर्देशनलाई कार्यान्वयन गरेको भन्दै धन्यवाद दिएका छन् ।

दुई कम्पनी मर्जर भएर एक भएको युनाइटेड अजोड कम्पनी निर्जीवन बीमा कम्पनीहरु मध्येकै टप फाइभमा छिटै पर्ने युनाइटेड इन्स्योरेन्सका अध्यक्ष रविभक्त श्रेष्ठले बताए ।

दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । गएको पुस अन्तिममा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले करिव साढे चार महिनाको अवधिमा मर्जर प्रक्रिया टुङ्ग्याएका हुन् ।

दुई कम्पनी विचमा १०० बराबर ८२.५ को अनुपातमा मर्जर भएको हो । यस स्वाप रेसियो अनुसार अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेको मर्जर पश्चात ८२.५ कित्ता हुनेछ । युनाइटेडका शेयरधनीको कित्तामा कुनै फेरबदर हुने छैन ।

मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको अध्यक्ष अजाद श्रेष्ठ भएका छन् भने प्रमुख कार्यकारी अधिकृत भने श्रवण रावल बन्ने भएका छन् ।

नयाँ बनेको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको मर्जर पश्चात चुक्ता पूँजी एक अर्ब ९० करोड पुगेको छ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी जुटाउन कम्पनीलाई अझै ६० करोड आवश्यक पर्नेछ । कम्पनीले मर्जर पछि हकप्रद निष्काशन गर्नु पर्ने देखिन्छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?