National life

यूएईविरुद्ध शानदार जित निकाल्दै नेपाल टी-२० विश्वकपमा छनोट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ कात्तिक २०८०, शुक्रबार
604Shares
यूएईविरुद्ध शानदार जित निकाल्दै नेपाल टी-२० विश्वकपमा छनोट
ncell

काठमाडौं । नेपाल टी-२० विश्वकपमा छनोट भएको छ । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट भएको हाे ।

मूलपानी मैदानमा यूएईले दिएको १३५ रनको जवाफी लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गरेकाे हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपालले युएईलाई ८ विकेटले हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट पक्का गरेको हो ।

नेपाललाई विश्वकपमा छनोट गराउन निर्णायक आजको खेलमा ओपनर आशिफ शेखले शानदार प्रदर्शन गरे । उनले नटआउट रहँदै ६३ रन बनाए । ५० बलमा ६ चौका र २ छक्का हिर्काउँदै उनले नेपाललाई विश्वकपमा छनोट पक्का गरेका थिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३५ रन जोड्दा ३ चौका र १ छक्का प्रहार गरे । गुल्सन झा २२ रन बनाएर आउट हुँदा ओपनर कुशल भूर्तेल ११ रनमा आउट भए ।

बलिङतर्फ यूएईका बसिल हमिद र निलांश केसवानीले समान १ विकेट लिए । यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन जोडेको थियो । उसका लागि भृत्य अरविन्दले सर्वाधिक ६४ र कप्तान म्हमद वसिमले २४ रन बनाएपनि हार टार्न भने सकेनन् ।

बलिङतर्फ नेपालका कुशल मल्लले किफायती बलिङ गर्दै तीन विकेट लिए । ३ ओभर बलिङ गरेका मल्लले ११ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी र रोहित पौडेको नाममा समान १ विकेट रह्यो ।

नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी-२० विश्वकप खेल्ने १८ टोली छनोट भइसकेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?