काठमाडौँ। सुनको मूल्यले नेपाली बजारमा एकपछि अर्को रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर आजसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा पुगेको छ। यो आजसम्मकै उच्च कारोबार हो ।
अघिल्लो दिन सुन तोलामा दुई लाख २१ हजार ७०० रुपैयाँ भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा एकै पटक २० रुपैयाँले बढेर २ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
































