National life

राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गतेलाई तोकियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ भदौ २०८२, सोमबार
1.2kShares
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गतेलाई तोकियो
ncell

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन भदौ ११ गते हुने भएको छ। सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उक्त मिति तय गरेका हुन्।

राज्य व्यवस्था समिति संसद्को महत्त्वपूर्ण समिति हो,जसले सरकारको नीति, कानुन निर्माण र सुशासनका विषयमा छलफल र निर्णय गर्छ । समितिको सभापति चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्न सभामुखले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभापति निर्वाचनका लागि विभिन्न दलका सांसदहरूले उम्मेदवारी दिने सम्भावना छ । प्रमुख दलहरूबिच सभापतिका लागि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

निर्वाचन तालिकाअनुसार,उम्मेदवारी दर्ता, मनोनयन र मतदान प्रक्रिया भदौ ११ गते नै सम्पन्न हुनेछ । यसअघि समितिमा सभापति चयनमा ढिलाइ हुँदा केही महत्त्वपूर्ण विधेयकहरूमा छलफल प्रभावित भएको थियो ।

साउन २९ गते प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए । कुलिङ अफ पिरियडको प्रावधान छेडखानीसम्बन्धी प्रकरणमा खतिवडाले राजीनामा दिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?