National life

राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
793Shares
राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्दै
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको हो । ६ वर्षे अवधिका लागि राष्ट्र बैंकले विकास ऋणपत्र २०८६ ‘ङ’ बिक्री गर्ने भएको हो ।

विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल मार्फत खरिद गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसको ब्याजदर बोलकबोलको माध्यमबाट हुनेछ । ५ गते बोलकबोल हुने छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
793SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?