National life

रिलायन्स स्पिनिङ्गले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ असार २०८१, बुधबार
503Shares
रिलायन्स स्पिनिङ्गले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता कति ?
ncell

काठमाडौं। रिलायन्स स्पिनिङ्ग मिल्सले आगामी असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु ८२०.८० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

Royal Enfield
nic asia capital
कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द साउन १० गते बैंकिङ समयपछि हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले गत असार १२ गते बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाउने रिलायन्स स्पिनिङ्ग मिल्स दोस्रो कम्पनी हो ।

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री गर्न गत साता अनुमति दिएको थियो।

कम्पनीले २०८० माघ १० गतेदेखि माघ १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासन गरेको थियो । सेयरको बिक्री मूल्यको सीमा ६०८ देखि ९१२ रुपैयाँ निर्धारण गरिएको थियो ।

यो सेयरमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताबाट आवेदन परेको थियो । १८ वटा संस्थागत लगानीकर्ताले उच्च मूल्य प्रतिकित्ता रु.९१२ मा बोलपत्र आवेदन पेश गरेका थिए । कम्पनीको सेयरको कट अफ मूल्य उच्च मूल्य अर्थात ९१२ नै निर्धारण गरिएको थियो । कट अफ मूल्य अर्थात ९१२ मा १० प्रतिशत घटाएर कम्पनीले आईपीओ जारी गर्न लागिकएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?