National life

रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ बाँडफाँट, ४६ जनाले हात पारे ५१ कित्ता सेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
845Shares
रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ बाँडफाँट, ४६ जनाले हात पारे ५१ कित्ता सेयर
ncell

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

Royal Enfield
nic asia capital
यी सबै आवेदनहरु स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ४६ कित्ता सेयर सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दरले बाँडफाँट गरिएको छ। यस अनुसार २ हजार ३११ जनामध्ये ४६ जनाले ५१ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?