National life

‘रिलायबल समृद्धि योजना’ मा आजदेखि आवेदन दिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ वैशाख २०८२, बुधबार
508Shares
‘रिलायबल समृद्धि योजना’ मा आजदेखि आवेदन दिन सकिने
ncell

काठमाडौं । आज वैशाख ३ गते बुधबारदेखि रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ ।

रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ ले १० करोड इकाई बिक्री खुला गरेको हो । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ । प्रतिइकाई १० रुपैयाँको दरल उक्त फन्ड गरेको हो ।

Royal Enfield
nic asia capital

कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्धक रिलायबल लाईफ इन्सुरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई तथा र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?