National life
cg eloctronics

लक्ष्य अनुरूप राजस्व संकलनमा सरकार असफल: फेरि १३ अर्ब ऋण लिने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० माघ २०८१, आइतबार
1.8kShares
लक्ष्य अनुरूप राजस्व संकलनमा सरकार असफल: फेरि १३ अर्ब ऋण लिने निर्णय
muktinatha bikash bank

काठमाडौँ । चालू आवको पुस मसान्तसम्म आइपुग्दा २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ छ । तर माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट सय मिलियन डलर (करिब १३ अर्ब रुपैयाँ) ऋण लिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै हरित उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि विश्व बैंकको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

अर्थ मन्त्रालयका अनुसार चालू आवको पुस मसान्तसम्म कुल दुई खर्ब ४० अर्ब नौ करोड रुपैयाँ ऋण उठाइसकिएको छ । यसमध्ये आन्तरिक ऋण एक खर्ब ८१ अर्ब पाँच करोड र बाह्य ऋण ५९ अर्ब तीन करोड रुपैयाँ रहेको छ । लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेपछि बढ्दो खर्च धान्न ऋणको भर परेको देखिएको छ ।

ऋण लिएको रकम कर्मचारीको तलब–भत्ता र अन्य प्रशासनिक क्षेत्रमा खर्च भइरहेको छ । ६ महिनामा सात खर्ब सात अर्ब रुपैयाँ चालू खर्चमा प्रयोग भएको छ भने ६२ अर्ब रुपैयाँ मात्रै पुँजीगत खर्च भएको छ । ऋणको साँवा–ब्याज भुक्तानीमा एक खर्ब ८२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ ।

everest bank

यता, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आवको पुस मसान्तसम्म सरकारी ऋण एक खर्ब दुई अर्ब तीन करोड रुपैयाँले बढेको छ । गत आव ०८०/८१ को अन्त्यसम्म २४ खर्ब ३५ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण चालू आवको पुस मसान्तसम्म आइपुग्दा २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको हो ।

सरकार लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ । चालू आवको पुस मसान्तसम्म ६ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा पाँच खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्रै संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?