National life

लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द : सेवाग्राही अलमल, आर्थिक गतिविधिमा असर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ भदौ २०८२, आइतबार
1.1kShares
लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द : सेवाग्राही अलमल, आर्थिक गतिविधिमा असर
ncell

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएपछि सेवाग्राहीहरू अलमलमा परेका छन्। आइतबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै अर्को निर्देशन नआएसम्म सेवा रोकिएको जनाएको हो।

हालैको तोडफोड, आगजनी र चोरीका कारण विभागको संरचना, छपाइ मेशिन, सर्भर र सूचना प्रविधिसम्बन्धी उपकरणमा क्षति पुगेपछि सम्पूर्ण प्रक्रिया अवरुद्ध भएको हो। विभागका अनुसार प्रणाली पूर्ण मर्मत र पुनःस्थापना नगरेसम्म सेवा सञ्चालन असम्भव छ।

Royal Enfield
nic asia capital

विशेषज्ञहरूका अनुसार लाइसेन्स वितरणमा रोक लाग्दा नयाँ सवारी साधन सञ्चालनमा अवरोध, रोजगारी प्रभावित, र यातायात क्षेत्रको आय घट्ने जस्ता प्रत्यक्ष असर देखिनेछन्। यसले सार्वजनिक यातायातदेखि निजी व्यवसायसम्म आर्थिक गतिविधिमा थप दबाब सिर्जना गर्ने अनुमान गरिएको छ।

सेवाग्राहीले तत्काल वैकल्पिक व्यवस्था खोज्नुपर्ने बाध्यता रहेको विभागले जनाएको छ। तर वैकल्पिक व्यवस्था स्पष्ट नभएकाले हजारौं चालक अनुमति–पत्र पर्खिरहेका नागरिक थप अनिश्चिततामा परेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?