National life

लेखा समिति सभापतिका स्वकीय सचिवविरुद्ध ३८ लाख ठगी आरोप, गुम्यो सचिव पद

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ पुस २०८१, शुक्रबार
461Shares
लेखा समिति सभापतिका स्वकीय सचिवविरुद्ध ३८ लाख ठगी आरोप, गुम्यो सचिव पद
ncell

काठमाडौँ। नेकपा एमालेका नेता तथा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध ठगी आरोप लागेको छ।

पोखरेल माथि आरोप लागेसँगै सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् । एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप लागेको छ ।

पोखरेल विरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै चौधरीले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गराएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनी विरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाएका छन्।

सभापति पोखरेलले संघीय संसद्को महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी गराएका छन् । उनीमाथि लागेका आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भनेर स्वकीय सचिव पदबाट निष्कासन गरेको ब्यहोरा पत्रमा छ ।

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?