National life

वडाध्यक्ष ५० हजार घुस रकमसहित अख्तियारको नियन्त्रणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ जेठ २०८०, बुधबार
709Shares

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सब्दुल मियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिई गएको टोलीले वडाध्यक्ष मियाँले नियन्त्रणमा लिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

वडाध्यक्ष मियाँले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा रकमसहित मंगलवार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?