National life

वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप, कहिलेसम्म पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ साउन २०८२, सोमबार
664Shares
वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप, कहिलेसम्म पाइन्छ ?
ncell

काठमाडौँ । वरुण हाइड्रोपावरले  निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ। कम्पनीले गत असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।

म्याद थप भएसँगै  अब भदौ ३ गतेसम्म आवेदन दिन सकिने भएको हो। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ।

Royal Enfield
nic asia capital
यसअनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

यो हकप्रद शेयरमा गत जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?