National life

वाणिज्य बैंकहरुले ५ महिनामै कमाए करिव साढे २८ अर्ब, कुन बैंकले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ पुस २०८०, आइतबार
583Shares
वाणिज्य बैंकहरुले ५ महिनामै कमाए करिव साढे २८ अर्ब, कुन बैंकले कति ?
ncell

काठमाडौं। नेपालमा संचालनमा रहेका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनामै २८ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरुले उक्त नाफा कमाएका हुन् ।

यस अघि बैंकहरुले कात्तिक मसान्तसम्ममा २० अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएका थिए । बैंकहरुको नाफा एक महिनामै ७ अर्ब ६४ करोड रुपैयाँले बढेको छ ।

Royal Enfield
nic asia capital
यसअवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकको रहेको छ । नबिलले २ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा ग्लोबल आइएमई बैंकले २ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको छ भने तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ।

प्राइम बैंकले १ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको छ भने एनआइसी एशिया बैंकले १ अर्ब ८५ करोड र हिमालयन बैंकले १ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएका छन्। यस्तै एभरेष्ट बैंकले १ अर्ब ४० करोड , कुमारी बैंकले १ अर्ब ३० करोड ,सिद्धार्थ बैंकले ६२ करोड ,सिटिजन बैंकले ७४ करोड , नेपाल एसबिआई बैंकले ७० करोड रुपैयाँ नाफा कमाएका छन् । यता, कृषि विकास बैंकले भने सबैभन्दा कम १२ करोड रुपैयाँ मात्र नाफा कमाएको छ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?