काठमाडौं । कुनै पनि व्यक्तीले जब खल्तीमा पैसा राखेर हिड्न असहज वा असुरक्षित मान्यो तब बैंकको परिकल्पना भएको हुनसक्ने तथ्यलाई नकार्न सकिन्न । भनाई नै छ जुत्ताको आविष्कार उसैले गरेको हो, जसले खाली खुट्टा हिड्न सहज मानेन् । तर, पछिल्लो समय यस्ता सामाजिक ह्विम्, अफवाह फैलिएका छन् कि आम सर्वसाधारण मात्र नभई उच्च ओहोदामा रहेका व्यक्तीहरुमै दुविधा सिर्जना भएको छ । त्यस्तो घट्नामा एन आई सी एशिया बैंकको नाम अग्र स्थानमा छ ।
‘बैक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुख्य नारा बनाएको बैंकबारे पछिल्लो समय धेरै टिक्का टिप्पणीहरु भइरहेका छन् । बैंकलाई उच्च जोखिममा देखाउँन केही अफवाह फैलिए पनि त्यसको बारेमा आधिकारीक निकाय नेपाल राष्ट्र बैक आफैले भने त्यस्ता भ्रमको पछाडि नलाग्न सरोकारवालाहरूलाई पटक–पटक सुझाव दिइसकेको छ। बैंकका सबै सूचकहरु स्वस्थ रहेको बेलामा नै एन आई सी एशिया बैंक माथि भएका साना–ठूला प्रहारको विषयमा पछिल्लो समय गम्भीर बहस समेत भइरहेका छन्।
यसै बीचमा आर्थिक भ्वाईस डटकमले पनि एन आई सी एशिया बैंकको सूचक हेर्दा नेपालको बैंकिङ क्षेत्रका वाणिज्य बैंकहरूको औसत सूचांकभन्दा अधिकांश अवस्थामा एन आई सी एशियालाई नै आम जनताले पत्याइएको तथ्यहरु फेला परेको छ । यसको लागि बैंकले प्रकाशित गरेको तथ्यांकलाई नै आधार मान्न सकिन्छ । बैंक, वित्तीय क्षेत्रमा डाटा लिटरेसी (तथ्यांकगत साक्षरता) तथ्यलाई नै वैज्ञानिक र विश्वासिलो मान्ने गरिएको छ ।
प्रस्तुत छ समग्र बैकिङ क्षेत्र र एन आई सी एशिया बैंकको तुलनात्मक तथ्यांकः
एन आई सी एशिया बैंकको कर्जा ३ खर्ब २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत पुस मसान्तमा बैंकहरूले सार्वजनिक गरेको तथ्यांकमा समग्र बैकिङ क्षेत्रको औसत कर्जा रकम २ खर्ब २० अर्ब ४५ करोड रुपैयाँ मात्रै रहेको देखिन्छ । कूल बैंकिङ क्षेत्रको औसत निक्षेप २ खर्ब ६५ अर्ब रुपैयाँ रहँदा एन आई सी एशिया बैंक एक्लैको कुल ३ खर्ब ८१ करोड रुपैयाँ निक्षेप रहेको छ ।
वासतालको आधारमा हेर्ने हो भने नेपालको कूल बैंकिङ क्षेत्रको औसत वासलात ३ खर्ब २४ अर्ब ३७ करोड रुपैयाँ रहदा एन आई सी एशिया बैंक एक्लैको वासलात ४ खर्ब ३३ अर्ब ६१ करोड रुपैयाँ देखिन्छ । यता, कुल बचत तथा चल्ति निक्षेपमा समग्र बैंकिङ क्षेत्रमा औसत रकम ९४ अर्ब ९ करोड रुपैयाँ रहदा एन आई सी एशिया बैंक एक्लैको एक खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

कुल बैंकिङ क्षेत्रको औसत प्रति शेयर आम्दानी औसतमा १५ रुपैयाँ ०४ पैसा रहँदा एन आई सी एशिया बैंकको २५ रुपैयाँ ५९ पैसा रहेको छ । कुल बैंकिङ क्षेत्रको प्रति शेयर नेटवर्थको औसत १७८.९४ रुपैयाँ रहदा एनआईसी एशिया बैंकको २०५.१० रुपैयाँ रहेको छ ।
त्यस्तै, समग्र बैंकिङ क्षेत्रको औसत ग्राहक संख्या २२ लाख रहदा एन आई सी एशिया एक्लैको ४१ लाख ७ हजार ग्राहक संख्या रहेका छन् । त्यसरी नै एन आई सी एशियाको शाखा संख्या ३६० रहेको छ भने समग्र बैंकिङ क्षेत्रको औसत शाखा संख्या जम्मा २०९ रहेको छ । नेपाल भरीका समग्र बैंकको औसत एटिएम संख्या २ सय ११ मात्रै रहदा एन आई सी एशिया बैंकको एटिएम संख्या ६ सय ७० रहेको छ । साथै,बजार पूँजीकरण समग्र बैंकिङ क्षेत्रमा औसतमा ४४ अर्ब २१ करोड रुपैयाँ रहदा एनआईसी एशिया बैंक एक्लैको ६४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । बैंक क्षेत्रको पहुँच बाहिर रहेका नागरिकहरुलाई समेत बैंकिङ सेवामा जोडन बैंकले न्यून आय स्तर भएका वर्गमा लक्षित गरेर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
































