National life

विनाशकारी भूकम्पको एक दशक पूरा: १० वर्षमा ८३३ पटक पराकम्प, कुन जिल्लामा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
966Shares
विनाशकारी भूकम्पको एक दशक पूरा: १० वर्षमा ८३३ पटक पराकम्प, कुन जिल्लामा कति ?
ncell

काठमाडौँ । आज वैशाख १२ गतेका दिन विनाशकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त विनाशकारी भूकम्पमा आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भूकम्पमा परी २२ हजार तीन सय ९ घाइते भएका थिए। त्यही विनाशकारी भूकम्पको स्मृतिमा ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ भूकम्पबाट जोगिऔँ’ भन्ने सन्देशसहित विभिन्न ठाउँमा भूकम्प स्मृति दिवस मनाइँदै छ।

भूकम्पका कारण भत्किएका कतिपय निजी आवास, विद्यालय, पुरातात्त्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन्। भूकम्पले झन्डै १० लाख निजी आवास, सात हजार पाँच सय ५३ विद्यालय, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको थियो ।

पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प गएको छ । बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि हालसम्म साना, ठूला गरी यी भूकम्प गएका हुन्। राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार यी भूकम्पबाट सबैभन्दा बढी काठमाडौँ आसपासका जिल्ला प्रभावित भएका छन् ।

यो अवधिमा सबैभन्दा बढी भूकम्प जाने जिल्ला दोलखा रहेको छ, जहाँ १० वर्षमा साना, ठूला परकम्प गरी १ सय ९१ पटक भूकम्प गएको छ । त्यसैगरी सिन्धुपाल्चोकमा १०३ पटक, धादिङमा ५५, बझाङमा ५१, गोर्खामा ४०, नुवाकोटमा ३८, बाजुरामा ३०, रसुवामा २९ र ताप्लेजुङमा २० पटक भूकम्प गएको छ ।

यो समाचार शेयर गर्नुहोस्
966SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?