National life

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ चैत २०८१, बुधबार
925Shares
विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ निष्कासन गर्ने
ncell

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ । यस लघुवित्तले ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो ।

जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।

यसमा चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

 

यो समाचार शेयर गर्नुहोस्
925SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?