National life

विश्वास र मिहेनतको फल : बीमा अभिकर्ता युवराज गुप्ताको एमडीआरटीसम्मको उडान

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ पुस २०८२, बुधबार
1.5kShares
विश्वास र मिहेनतको फल : बीमा अभिकर्ता युवराज गुप्ताको एमडीआरटीसम्मको उडान
ncell

काठमाडौँ। नेपालगञ्ज उपमहानगरपालिका–१, धम्बोझीका स्थायी बासिन्दा युवराज गुप्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ता तथा चिफ एजेन्सी म्यानेजरका रूपमा कार्यरत छन्।

हाल ३० वर्षका गुप्ता पछिल्ला करिब सात वर्षदेखि बीमा क्षेत्रमा सक्रिय छन्। सीमित आम्दानीबाट सुरु भएको उनको यात्रा आजको समयमा आइपुग्दासम्म एमडीआरटी उपाधिसम्म पुगेको छ।

गुप्ताले सन् २०१९ मा कोरोना महामारी सुरु भएलगत्तै बीमा अभिकर्ताको रूपमा काम थालेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बीमा क्षेत्रमा प्रवेश गर्नु अघि उनी एक कन्सलटेन्सीमा सर्भेयरका रूपमा कार्यरत थिए, जहाँ उनको मासिक तलब मात्र ८ हजार रुपैयाँ थियो। त्यहाँ करिब दुई वर्ष काम गरेपछि उनले अन्य केही कम्पनीमा पनि अनुभव सँगाले।

यसरी सुरु भयो गुप्ताको अभिकर्ताको यात्रा

गुप्ताको अभिकर्ताको यात्राका सुरुका दिनमा कोरोना महामारीका कारण देशभर लकडाउनको अवस्था थियो। यही समय सानिमा रिलायन्स इन्स्योरेन्समै कार्यरत उनका फुपुका छोराले उनलाई बीमा अभिकर्ता बन्न प्रेरित गरे।

“सुरुवात निकै संघर्षपूर्ण रह्यो। सुरुमा यो ‘वाउ बिजनेस’ जस्तो लागेन,” गुप्ता सम्झिन्छन्, “तर वर्षेनी काम गर्दै जाँदा बिस्तारै व्यवसाय बढ्दै गयो, लाखौँको बिजनेस आउन थाल्यो।”

जब उनी मानिसहरुको विश्वास जित्दै बीमा गराउन सफल हुँदै गए, उनको मनोबल पनि बढ्दै गयो। कोरोना कालमा मानिसहरू जीवन जोगाउनमै व्यस्त थिए। लकडाउनले व्यापार–व्यवसाय ठप्प भएका कारण मानिसहरुको आर्थिक क्षमता नै कमजोर बनेको थियो। त्यसैले उतिबेला बीमा गर्न मानिसहरु हिचकिचाउने गरेको अनुभव गुप्ताले सुनाए।

कतिपय मानिसहरु बीमा आवश्यक नै छैन भन्न समेत भ्याउँथे। तर उनीहरुलाई बीमाको आवश्यकता र महत्व बुझाउँदै अघि बढेको गुप्ताले बताए।

“बीमा भनेको गास, बास र कपासजत्तिकै आवश्यक कुरा हो भन्ने बुझाउन हामी घर–घर पुग्यौं,” गुप्ता भन्छन्।

“विस्तारै मानिसहरुले भविष्यमा आर्थिक अनिश्चितता बाट बच्न बीमा कति अपरिहार्य छ भन्ने कुरा बुझ्दै गए।”

https://aarthikvoice.com/archives/77841

“भावनात्मक दुःख केही क्षणको हुन्छ, तर आर्थिक दुःख अन्तिम साससम्म रहन्छ।”

बीमालाई गुप्ता केवल व्यवसाय होइन, सामाजिक आवश्यकता मान्छन्। आर्थिक हानी हुनबाट बीमा मार्फत मानिसहरुलाई बचाउन पाउँदा आत्मसन्तुष्टि मिल्ने गरेको उनी बताउँछन्।

“भावनात्मक दुःख केही क्षणका लागि हुन्छ, तर आर्थिक दुःख अन्तिम साससम्म रहन्छ,” उनी भन्छन्, “जब आर्थिक विपत्तिमा परेका मानिसलाई बीमार्फत सहयोग गर्न पाउँछु, त्यतिबेला पाउने आशिर्वाद नै मेरो आत्मसन्तुष्टिको स्रोत हो।”

दीर्घकालीन सम्बन्ध नै बीमा व्यवसायको आधार

गुप्ताका अनुसार बीमा अभिकर्ता पेशा एक–दुई दिनको होइन। यसमा ग्राहकसँग दशकौँको सम्बन्ध बनाउनुपर्ने हुन्छ, जुन सम्बन्ध विश्वास र भरोसामा अडिएको हुन्छ। “यो दशकौँसम्म विश्वास कायम राख्नुपर्ने पेशा हो,” उनी भन्छन्, “ग्राहकको आर्थिक क्षमतालाई बुझेर सही पोलिसी सुझाउन सक्नुपर्छ।”

सानिमा रिलायन्स लाइफ नै रोज्नुको कारण

सानिमा रिलायन्स इन्स्योरेन्स रोज्नुको कारणबारे गुप्ता भन्छन्, “यहाँको कार्यवातावरण धेरै राम्रो थियो। मेरो फुपुको छोरा पनि यही कार्यरत हुनुहुन्थ्यो। यही पारिवारिक कार्य वातावरणले गर्दा पनि मलाई अन्त जान मन लागेन।”

विश्वासिलो र मजबुत कम्पनी भएकाले नै सानिमा रिलायन्स रोजेको उनको भनाइ छ। उनले थपे,

“नेपालकै लगानीकर्ता भएको सबल र मजबुत कम्पनी भएकाले म यसमा जोडिएँ।”

 

सीमित सोचबाट असीमित सम्भावनातर्फ

बीमा अभिकर्ता बन्नुअघि आफ्नो आम्दानी र सोच दुवै सीमित रहेको गुप्ता बताउँछन्।

“अभिकर्ता बनेपछि मैले कहिल्यै सीमित सोच्नुपरेन,” उनी भन्छन्, “यस क्षेत्रमा असीमित सम्भावना छ।”

त्यही निरन्तर मेहनतको परिणामस्वरूप उनले हालै एमडीआरटी उपाधि हासिल गरेका छन्। अहिले उनी मासिक रूपमा औसतमा १ लाख ५० हजार देखि २ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताउँछन्।

वैदेशिक रोजगारीमा गइरहेका युवालाई सन्देश

अभिकर्ता युवराज गुप्ता वैदेशिक रोजगारीमा गइरहेका युवाहरुलाई विदेशमा भन्दा नेपालमा राम्रो सम्भावना भएको सन्देश दिन चाहन्छन्।

“३–४ लाख कमाउन विदेश जाने प्रवृत्ति बढेको छ,” गुप्ता भन्छन्, “तर बीमा अभिकर्ता बनेर नेपालमै अझ राम्रो आम्दानी गर्न सकिन्छ। गर्नेका लागि यही देशमा धेरै अवसर छन्।”

उनले थपे, “मिहेनत गर्ने हो भने देशमै बसेर पनि मासिक ३ देखि ४ लाख रुपैँयासम्म कमाउन सकिने सम्भावना रहेको छ।”

https://aarthikvoice.com/archives/80142

संघर्ष, धैर्य र निरन्तर मिहेनतको बलमा सीमित आम्दानीबाट एमडीआरटीसम्मको यात्रा तय गरेका युवराज गुप्ताको कथा केवल व्यक्तिगत सफलताको मात्र होइन, बीमा क्षेत्रको सम्भावना र सामाजिक महत्वको उदाहरण पनि हो। कोरोना महामारीजस्तो कठिन समयलाई अवसरमा रूपान्तरण गर्दै उनले विश्वास, इमानदारी र दीर्घकालीन सम्बन्धलाई आधार बनाएर अघि बढे।

उनको यात्राले नेपालमै बसेर पनि सुरक्षित, सम्मानजनक र राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन्छ। बीमालाई व्यवसायसँगै सामाजिक जिम्मेवारीका रूपमा लिएका गुप्ताको सफलता कथाले युवाहरूलाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्नेछ।

https://www.youtube.com/watch?v=cY1n035RpOg

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?