काठमाडौँ । ‘बिट प्लाष्टिक पोलुुसन ’ भन्ने अभियानलाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २४ गते शनिबारको दिन मन्जुश्री पार्क, चोभार, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत बृक्षारोपण कार्यक्रम कीर्तिपुरको मन्जुश्री पाक, चोभार वडा नम्बर १४ मा करिव १२८५ विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ ।
वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल , जल विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन तथा बैंकका उच्च व्यवस्थापन लगायतका कर्मचारीहरू को उपस्थिति रहेको थियो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो “हरियाली बढाउने र वातावरण संरक्षण गर्ने प्रतिबद्धता यही कार्य बाट देखाउँछौ र हरेक वर्ष स्मार्ट बचत खाता “१ खाता, १ रुख” अभियान अन्तर्गत रूखहरू रोप्ने प्रण गर्दछौ ।“संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वास्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा समेत सहयोग गरिसकेको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ूबैंक अफ द ईयर २०२४ू को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

































