काठमाडौ । नेपालमा राणाकाल र सो भन्दा अगाडीका अवधिमा अनौपचारिक तथा सामूहिक कोषमा जोखिम धारण हुने किसिमले बीमा गर्ने प्रचलन थियो । राणाकालमा ब्रिटिस तथा भारतिय बीमकद्धारा नेपाली बीमा बजार माथि नियन्त्रण हुँदै आएको थियो ।
सर्वप्रथम वि.स.
बीमा कम्पनीहरुको स्थापना भएपछि बीमा ऐन आएको थियो । बीमा ऐन वि.स. २०२५ सालमा जारी भएको हो । बीमा ऐन जारी भए पश्चात वि.स. २०२६ सालमा तत्कालिन बीमा समितिको स्थापना भएको पाईन्छ । हाल उक्त बीमा समिति नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भइसकेको छ ।
वि.स. २०२९ सालमा राष्ट्रिय बीमा संस्थानद्धारा जीवन बीमाको प्रारम्भ भएको नेपाली बीमाको इतिहासमा भेटिन्छ । त्यसरी नेपाली बजारमा बीमा फस्टाउँदै गए पछि भारतीय जीवन बीमा कम्पनीबाट हुँदै आएको कारोबार वि.स. २०३२ सालबाट बन्द हुन पुग्यो । वि.स. २०४४ सालमा निजी क्षेत्रको पहिलो बीमा कम्पनीको स्थापना भएको हो ।
यस्तै, वि.स. २०४६ सालमा निजी क्षेत्रको तर्फबाट पहिलो पटक जीवन बीमा व्यवसायको प्रारम्भ गरिएको हो । वि.स. २०४९ सालमा बीमा ऐन, २०४९ मार्फत बीमा समिति स्वायत्त संस्थामा परिणत भएको थियो । वि.स. २०५० सालमा निजी क्षेत्रका बीमा कम्पनीहरुको स्थापना प्रारम्भ भएको हो । वि.स. २०६० सालमा स्थापित आकस्मिक बीमा कोषलाई २०७१ सालमा नेपाल पुनर्बीमा कम्पनीको रुपमा रुपान्तरण गरिएको हो ।
यस्तै, निजी तर्फको बीमा कम्पनी मध्ये जीवन तर्फ १६ वटा निर्जीवन बीमा तर्फ १६ वटा गरी कुल ३२ वटा कम्पनीहरु रहेका थिए । हाल उक्त कम्पनीहरु मर्जरमा गएर १४ जीवन तथा १४ निर्जीवन बीमा कम्पनीहरुको रुपमा स्थापित भएका छन् ।
२ वटा पुनर्बीमा कम्पनी हिमालयन पुनर्बीमा र नेपाल पुनर्बीमा गरी निजी तथा सरकारी क्षेत्रबाट संचलानमा रहेमा छन् । त्यस्तै, सातै प्रदेशमा रहेका स साना बीमा योजनामा पनि विपन्न वर्ग तथा आय स्तर कम भएका नागरिकहरुलाई समेटने गरी सात वटा लघु बीमा कम्पनीहरु चालु आर्थिक वर्षबाटै लाइसेन्स लिएर संचालनमा रहेका छन् । नेपालमा हाल संचालनमा रहेका जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीलाई बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले नियमन गर्दै आएको छ । चालु आर्थिक वर्षमा बीमाको पहुँच ५० प्रतिशत हाराहारी पुर्याउने आँकडा नेपाल बीमा प्राधिकरणले प्रस्तुत गर्दै आएको छ ।


































