National life

व्यवसायी सिरोहिया पक्राउप्रति नाडाको ध्यानाकर्षण, व्यवसायीहरुलाई हतोत्साहित नबनाउन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ जेठ २०८१, शुक्रबार
714Shares
व्यवसायी सिरोहिया पक्राउप्रति नाडाको ध्यानाकर्षण, व्यवसायीहरुलाई हतोत्साहित नबनाउन आग्रह
ncell

काठमाण्डौ । सञ्चार व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ । नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै कैलाश सिरोहियाको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

‘राज्यद्धारा गरिएको धरपकडप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण भएको छ । यदी देशको कानून विपरित व्यक्तिगत मुद्धा भए नियम कानून अनुसार कारवाही गर्नुपर्छ भन्ने कुरामा नाडा स्पष्ट छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर एउटा सम्मानित व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई उजुरिकै आधारमा धरपकडगरी हतोत्साहित गर्ने कार्यले व्यवसायीहरुको मनोबल गिर्नुका साथै व्यवसायीहरुलाई आतङ्कित बनेको अवस्थाप्रति ध्यानाकर्षण गराउदै व्यवसायीहरुको कुरा सुन्ने र भन्न दिने वातावरण बनाउनु पर्छ भन्ने कुरामा नाडा आग्रह गर्दछ, ’ नाडाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

देश आर्थिक मन्दीले जर्जर भएको अवस्थामा यतिवेला व्यवसायीहरुको मनोवल बढाई लाखौ रोजगारीलाई सुनिश्चित गर्नुका साथै त्यसलाई बचाउनु पर्ने अवस्था आएको नाडाले जनाएको छ । विज्ञप्तीमा भनिएको छ,‘व्यवसायी एवं व्यावसायिक वातावरण नबिगार्ने तथा व्यवसायीको लगानीलाई सुनिश्चित गर्नु पर्ने समयमा कुनै तवरबाट हतोत्साहित नबनाई दिन हामी पुनः सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौ ।’

 

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?