काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौंमा आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गर्न सरकारका तीन मन्त्री बैठकमा जुटेका छन्।
लामो समयदेखि आन्दोलनरत शिक्षक विद्यालय नफर्किँदा भर्ना अभियान प्रभावित हुन थालेपछि अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईबीच सिंहदरबारस्थित अर्थमन्त्रालयमा बैठक हुन लागेको हो ।
शिक्षकको सेवा सुविधासम्बन्धी विषयमा मन्त्रिपरिषद् र मन्त्रालय स्तरबाट गर्न सकिने निर्णयहरूबारे छलफल गर्न बैठक बसेको हो।
संसद नबसेको अवस्थामा पनि शिक्षकका जायज माग सम्बोधन गर्ने गरी सरकार तयारीमा जुटेको छ।
आन्दोलनले भर्ना अभियान मात्र नभएर कक्षा १२ को परीक्षा पनि प्रभावित हुने देखिएको छ।
































